नियम १३५
सुविस्ताको आधारमा खरिद सम्झौताको अन्त्य गर्दा दिनु पर्ने भुक्तानी
(१) स्थानीय
निकायले खरिद ऐनको दफा ५९ को उपदफा (४) बमोजिम सार्वजनिक हितको लागि
सुविस्ताको आधारमा सम्झौताको अन्त्य गरेकोमा सम्बन्धित आपूर्तिकर्ता, निर्माण
व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकलाई देहाय बमोजिमको रकम भुक्तानी दिनु
पर्नेछ । त्यसरी भुक्तानी दिंदा, निजले कुनै पेश्की रकम लिएको रहेछ भने त्यस्तो
पेश्की कटाएर मात्र भुक्तानी दिनु पर्नेछ ः–
(क) स्वीकार्य रुपमा सम्पन्न भई सकेको कार्य, आपूर्ति वा सेवा वापत गर्नु
पर्ने भुक्तानी बा“की भए सो भुक्तानी,
(ख) खरिद सम्झौता बमोजिम स्थानीय निकायको प्रयोजनको लागि उत्पादित
मालसामानको मूल्य, निर्माण स्थलमा ल्याइएका निर्माण सामग्री,
(ग) निर्माण स्थलबाट उपकरण हटाउन लाग्ने मनासिव खर्च,
(घ) निर्माण कार्यमा मात्र लगाईएका विदेशी कर्मचारीको स्वदेश फिर्ती खर्च,
(ङ) आवश्यक भए निर्माण कार्यको संरक्षण र सुरक्षा खर्च ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि स्थानीय निकायले
सार्वजनिक हितको लागि सुविस्ताको आधारमा खरिद सम्झौता अन्त्य गर्न दिएको
सूचना आपूर्तिकर्ताले प्राप्त गरेको मितिले सात दिनभित्र सिपमेन्टको लागि तयार हुने
र तयार भएका मालसामान त्यस्तो सम्झौताका शर्त र मूल्यमा स्वीकार गर्नु पर्नेछ ।
(३) उपनियम (२) मा उल्लिखित मालसामान बाहेक अन्य सामानको सम्बन्धमा
स्थानीय निकायले देहाय बमोजिम गर्न सक्नेछ ः–
(क) मालसामानको कुनै अंश पूरा गराई सम्झौतामा उल्लिखित शर्त र
मूल्यमा प्राप्त गर्ने, वा
(ख) बा“की रहेका मालसामानको आपूर्ति आदेश रद्द गर्ने र आपूर्तिकर्ताले
आंशिक रुपमा तयार गरेको मालसामान वा सेवा र सम्झौता अन्त्य
हुनु अगावै आपूर्तिकर्ताले खरिद गरेको सामाग्री वा पार्टपूर्जा वापत
आपसी सहमतिबाट मञ्जुर गरिएको रकम निजलाई भुक्तानी गर्ने ।